सहिद दिवस मनाइँदै

विराटनगर, १६ माघ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर आज सहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस […]

विराटनगर रानी क्षेत्रबाट एक बालिका सहित दुई जनाको उद्धार

विराटनगर १६ माघ । विराटनगर रानी क्षेत्रबाट एक बालिका सहित दुई जनाको उद्धार गरिएको छ । साना हातहरु नेपालले भापाकी २७ बर्षिया महिला र १४ बर्षिया बालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको हो । माघ १२ गते झापाबाट काम खोज्दै विराटनगर आएका उनीहरुको भारतको सुपौलका ४० बर्षिय बाबु साहव र अररियाका मोहम्वत जागिरसँग विराटनगरको एक होटेलमा […]

नेपाल प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित निर्विरोध निर्वाचित

विराटनगर १६ माघ । नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् ।विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् […]

मानवअधिकारलाई बलियो बनाउन सरकारको सहयोग रहने : मुख्यमन्त्री कार्की

विराटनगर, १४ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैब रहने बताउनु भएको छ ।राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च– नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियान्ताहरुको सम्मेलन–२०७९ को आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको क्षेत्रअधिकार भित्र […]

फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुने : डा. कोइराला

विराटनगर १४ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन् । सो मिति अगावै निर्वाचन नभए मुलुकमा अनिष्ट हुने उनको भनाइ छ । शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा नेता कोइरालाले सो कुरा बताएका हुन । डा. कोइरालाले भने, ‘राष्ट्रपति […]