विराटनगर ५ माघ । प्रदेश १ का मन्त्रीहरुको कार्य विभाजन सोमबार हुने भएको छ । विना विभागिय मन्त्रीका रुपमा रहेका सवै मन्त्रीहरुले सोमबारबाट संवन्धित मन्त्रालयबाट कार्य शुरु गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । आज पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले विना विभागियका रुपमा काम गरिरहनु भएका मन्त्रीहरुले सोमबारबाट विभागिय मन्त्रालयको जिम्मेवारी पाउने उहाँको भनाई छ । […]
विराटनगर, ५ माघ । जिवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पताल विराटनगरका चिकित्सकलाई कारवाही गर्न यूवा संघ विराटनगरले माग गरेको छ । अस्पतालका डा. आकाश यादव, अहेव लक्ष्मण माझी, टीका भण्डारी साथै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई तत्काल निलम्बन गरी कारबाहीको माग गर्दै यूवा संघले अस्पताल परिसरमा प्रदर्शन गरेको छ । गैर जिम्मेवारी चिकित्सकलाई […]
विराटनगर, ३० पुस । प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनियाताको सपथ लिनुभएको छ । आज उपसभामुख दनुवारले प्रदेश १ का सभामुख बाबुराम गौतमबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । आजकै प्रदेशसभा बैठकबाट बहुमतका आधारमा उपसभामुख पदमा दनुवार निर्वाचित हुनुभएको थियो । प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा ५७ मत परेको […]
विराटनगर २८ पुस । विराटनगर महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरुले जथाभावी लत्रिएका तारको व्यवस्थापन गर्न सुरु गरेका छन् । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको […]
विराटनगर, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । ओखलढुंगाको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित ५० वर्षीय गौतम प्रदेशको दोस्रो सभामुख बन्नु भएको हो । सभामुखको मनोनयनका क्रममा गत मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट उहाँको मात्रै उम्मेदवारी परेको थियो । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले […]