राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

विराटनगर, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । रास्वपा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिनुभयो । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या […]

प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालय बढ्न सक्छन् : मुख्यमन्त्री कार्की

विराटनगर, २२ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयको संख्या बढ्न सक्ने बताउनु भएको छ । प्रदेशलाई अधिकार सम्पन्न बनाएपछि कार्यवोझका आधारमा १ वा २ वटा मन्त्रालय थपिन सक्ने उहाँको भनाइ छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेको कार्यक्रमलाई […]

१३६ ले बुझाए निर्वाचन खर्च

काठमाण्डौं, २० माघ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयमै चुनावी खर्च विवरण नबुझाएका १३६ उम्मेदवारबाट जरिवाना बापत साढे ४ करोड राजस्व संकलन भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरू १ लाख २३ हजार ६२४ जना छन् । उनीहरु विरुद्ध कारबाही प्रक्रिया सुरु गरेको आयोगले कसले कति […]

एक्स्पो रोक्न उच्च अदालतबाट भएन निषेधाज्ञाको आदेश

विराटनगर २० माघ । बाटो छेकेर सीएनआई कोसी एक्स्पो आयोजना गरिएको भन्दै परेको रिट निवेदनमाथि शुक्रबार भएको सुनुवाईमा उच्च अदालत विराटनगरले एक्स्पो रोक्ने उदेश्यले निवेदकका तर्फबाट माग गरिएको निषेधाज्ञाको आदेश दिएन । उच्च अदालत विराटनगरका न्यायधीस किरणकुमारी गुप्ताको एकल इजलासले निवेदनको माग बमोजिम आज विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । विराटनगर महानगरपालिका–२ […]

राष्ट्रपतिमा एमालेको उम्मेदवार नै सत्तापक्षको हो : ओली

विराटनगर १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताउनु भएको छ । सत्तापक्षबाट एक मात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उहाँको भनाई छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयोे,‘ एमालेको उम्मेदवार नै सत्तापक्षको हो ।’ सत्तापक्षबाट राष्ट्रपतिको अर्काे उम्मेदवार नहुने उहाँको भनाई छ […]