विराटनगर, २८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको मेहनतले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले वहुदलीय शासन व्यवस्थाको शुरुवात समयमा २९ प्रतिशत वनक्षेत्र रहेकोमा अहिले वृद्धि भई ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको ठूलो उल्लेखनीय योगदानले […]
विराटनगर २७ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराए । नेता कोइरालाले भने, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको […]
विराटनगर २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतीमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताउनु भएको छ । नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छौठो संस्करणको–२०८० को उद्घाटन गर्दै उहाँले दुई तिहाई वहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोडको घटनाप्रति […]
विराटनगर २६ वैशाख । कोशी अस्पताल विराटनगरमा एक जना महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् । सप्तरीको कल्याणपुर घर र दुखनीदेवी भगत चौधरी नाम बताउने ३७ वर्षीया महिलाले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । […]
विराटनगर, २५ बैशाख । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर […]