विराटनगर ३१ बैशाख । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ। सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि […]
विराटनगर ३० वैशाख । नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो । जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हो । सूचना पाएर पनि पार्टीको […]
विराटनगर ३० वैशाख । उद्योग संगठन मोरङको १६ औं अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी २ वर्षका लागि आज भएको निर्वाचनमा अध्यक्ष सुराना सहित १४ सदस्यीय कार्यसमितिनिर्विरोध निर्वाचित भएको हो । संगठनको बरिष्ठ उपाध्यक्ष पदमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) पदमा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/उर्जा/ जलश्रोत) पदमा भोलेश्वर दुलाल र उपाध्यक्ष […]
विराटनगर, ३० वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी […]
विराटनगर २८ वैशाख । सर्वसाधारण गाउँलेको रकम ठगी गरेर भागेकी एकजना पूर्वजनप्रतिनिधिलाई भोजपुरको दिंलाबाट प्रहरीले पक्राउ गरेको छ । षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मालाई भोजपुरको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक अर्जुन पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो । विश्वकर्मा २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । आफैँलाई मत […]