मानव विकास प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर २६ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम धेरै गोष्ठी र छलफल चलाएपनि पनि घरका छोराछोरी लागूअ‍ौषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने बताउनु भएको छ । सरकारसँग अहिले सबैले विकास निर्माणका लागि नै बजेट माग्दै आउने गरेपनि मानवीय विकासको कुरा भने कसैले नगर्ने गरेको बताउनु भयो । मंगलबार झापाको […]

मातहतका कार्यालयहरुले समन्वय गर्नै छाडे : स्वास्थ्य सचिव डा. देवकोटा

विराटनगर २५ मंसिर । कोशी प्रदेश सरकार अन्र्तगतका कार्यालयहरु आफुखुशी चल्ने गरेको पाईएको छ । मन्त्रालयमा लामो समय देखि विभागिय मन्त्री नतोकीदाँ मातहतका कार्यालयहरुले समन्वय गर्न छाडेको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको गुनासो छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की समक्ष सचिव डा. देवकोटाले सो गुनासो गर्नु भएको […]

कोशी प्रदेशमा पहिचानवादी परिचालित भए : किशोर विश्वास

विराटनगर २५ मंसिर । समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरुले शुरु गरेको आन्दोलन परिचालित भएको दावी गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन पार्टी लक्षित हुनु हुँदैन भन्नुभयो । विराटनगरमा आज समावेशी समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘ पहिचानवादीको आन्दोलन प्रतिपक्षी दल र दलको […]

राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई एमालेको आग्रह

विराटनगर २३ मंसिर । नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ । राष्ट्रिय अभियान मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्ने गरिका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते […]

आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर २३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकताअनुसार मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ । शनिबार सुनसरीको देवानगञ्ज गाँउपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रिमण्डल विस्तार भन्दापनि नागरिकको सेवा र मानवीय विकास रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मन्त्रीमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो । मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रीमण्डल त्यहीबेला बन्छ […]