विराटनगर महानगरपालिकाको आन्तरिक स्रोत एकदमै कमजोर : प्रमुख कोइराला

सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ । पछिल्लो पटकको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको छ । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ । सधैं भेटिने भएकाले जनताले […]

पठनपाठन नियमित गर्न माग गर्दै बिपीका विद्यार्थीले थाले अनशन

विराटनगर २४ माघ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४सै घण्टा रिले अनशनमा छन् । ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन […]

वी डिभिजन क्रिकेटमा वीसीसीलाई उपाधि

विराटनगर २४ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (वीसीसी) च्याम्पियन बनेको छ । वीसीसीले बुधबार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो । खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा […]

लुघवित्त मुलुक लागि आवश्यक : डा. कोइराला

विराटनगर २३ माघ । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लघुवित्तले आफ्ना ऋणीलाई शिप सिकाउनु पर्ने बताउनु भएको छ । विराटनगरमा आज आयोजित कोशी प्रदेशमा मुख्य कार्यालय रहेका लघुवित्त संस्थाहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेता कोइरालाले आजको समयको माग र आवश्यकता अनुसारको ऋणिलाई शिप तथा बजारसम्मको सहज पहुँच पुर्याउनु पर्ने बताउनुभयो । […]

जग्गा मागदाबी गर्नुको कुनै तुक नभएको मदन भण्डारी स्मृति प्रतिष्ठानको भनाई

उर्लाबारी २३ माघ । मदन भण्डारी स्मृति प्रतिष्ठानले नेपाल सरकारबाट वैधानिक रुपमै प्राप्त गरेको जग्गा कसैका आग्रह र विरोधकै कारण खाली नहुने स्पष्ट पारेको छ । प्रतिष्ठानको मुख्य कार्यालय उर्लाबारी मंगलबारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खेल मैदान वा अन्य कुनैपनि प्रयोजनका लागि प्रतिष्ठानले दोस्रो पक्षका लागि जग्गा उपलब्ध गराउनुपर्ने सवाल नै असान्दर्भिक र अनुपयुक्त भएको […]