स्वास्थ्य सेवा प्रवाहमा मोरङको धनपालथान प्रथम

विराटनगर १० असोज । स्वास्थ्य सेवा प्रवाहमा मोरङको धनपालथान गाउँपालिका प्रथम भएको छ । एक महानगर सहित १७ वटा स्थानीय तह रहेको मोरङमा धनपालथान उत्कृष्ट भएको हो । गत आर्थिक वर्षमा पनि धनपाल नै प्रथम थियो । स्वास्थ्य सुचकांक तथा कार्य सम्पादन र मुल्यांकनका आधारमा धनपालथान गाउँपालिकाले प्रथम भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । […]

विराटनगरको भब्या इन्टरनेशनलमा आगलागी

विराटनगर ९ असोज । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भब्या इन्टरनेशनलमा लागेको आगो नियन्त्रणमा आएको छ । विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दिउँसो २ बजेतिर लागेको आगो ३ः४५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको […]

कृत्रिम गर्भाधारणमा ‘सरोगेसी’लाई नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड

विराटनगर ९ असोज । कृत्रिम गर्भाधारणमा ‘सरोगेसी’लाई नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिईएको छ । सरोगेसीलाई पनि मुख्यपाटोको रुपमा हेरेर सोही बमोजिम नीतिगत व्यवस्था गर्नुपर्ने, स्वनिर्णयको आधारमा आफ्नो गर्भाशय प्रयोग गरी सरोगेट बन्न इच्छुक महिलाको श्रमको उचित मूल्यांकन हुनुपर्ने तथा सुरक्षित र शोषणमूक्त भई सरोेगेट बन्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने, कृत्रिम गर्भाधारणको प्रविधिमा सबैको समान र […]

कोशी प्रदेश सरकारले जनतासँग कोशी प्रदेश सरकार सञ्चालन गर्ने

विराटनगर ८ असोज । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको सयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ […]

कृत्रिम गर्भधारण प्रविधि उपयुक्त भएपनि कानुनी झंझटका कारण प्रभावकारी हुन सकेन

विराटनगर, ७ असोज । एक कार्यक्रमका सहभागिहरुले कृत्रिम गर्भधारण प्रविधि उपयुक्त भएपनि कानुनी झंझटका कारण यसको प्रयोग प्रभावकारी नभईरहेको बताएका छन् । एकल होस् वा दम्पत्ति, कृत्रिम गर्भधारणमा सबैको समान पहुँचको अधिकार भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको यौन तथा प्रजनन स्वास्थ्य मेलामा निसन्तान दम्पत्तिहरुले संविधानले दिएको महिलाको प्रजनन स्वास्थ्य अधिकारको उपभोग गर्न नपाएको सरोकारवालाहरुले गुनासो […]