विराटनगर २६ फागुन । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर कलेज क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको […]
विराटनगर २५ फागुन । विराटनगर ट्रक व्यवशायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ । शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । साधारणसभालाई बैधानिकता प्रदान गर्नकालागि संघमा आवद्ध कुल सदस्य संख्या दुईसय ५१ को दुईतिहाई बहुमत सदस्य […]
विराटनगर २५ फागुन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग साहित्यको माध्यमले मुलुकमा फैलिएका विकृति र विसङ्गति अन्त्यमा महत्वपूर्ण पुगेको बताउनु भयो । उद्घोष दैनिक विराटनगरद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा ‘लक्ष्मणको कुनो ‘१०००’ स्तम्भ अङ्क पुगेको उपलक्ष्यमा साहित्यकार लक्ष्मण नेटविया साहित्य सम्मान एवं विभिन्न कृतिको विमोचन गर्दै उहाँले मुलुकमा ठूल–ठूला आन्दोलन र सङ्घीय गणतन्त्र स्थापनामा […]
विराटनगर २५ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा देखिएको पुरातन सोचका कारण संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको बताउनुभएको छ । आज विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको न्याय, सुरक्षा र राजनीतिक क्षेत्रमा पुरातन र सामन्ती सोच देखिएकाले संघीयताको सबल कार्यान्वयनमा समस्या आएको […]
विराटनगर २४ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज सपथग्रहण गराईएको छ । निर्वाचन कमिटीले पदाधिकारी, तथा सदस्यहरुमा निर्वाचित तथा निर्विरोधहरुको घोषणा पछि सपथ गराईएको थियो । कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, केन्द्रीय सल्लाहकार […]