विराटनगर २७ माघ । सुनसरीको धरानमा धर्मप्रचारमा आएका १७ अमेरिकी अध्यागमनको अनुसन्धानपछि स्वदेश फिर्ता भएका छन् । पर्यटकका रूपमा भित्रिएर भिसा दुरुपयोग गरेको आरोपमा अध्यागमन विभागको अनुसन्धान दायरामा तानिएका १७ जना अमेरिकी नागरिक कारबाहीअगावै सुटुक्क फर्किएका छन् । सुनसरी प्रशासनका अनुसार अमेरिकी नागरिकहरू र्यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, […]
विराटनगर २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल नागरिक निर्माण गरी राष्ट्रसेवामा समर्पित हुने कार्य गरिरहेको बताउनु भएको छ । कोशी प्रदेशस्तरिय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले आफनो भुमिका निर्वाह गरिरहेको विचार राख्नु भयो । मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद्का […]
विराटनगर २५ माघ । मोरङ केराबारी गाउँपालिका ३ का वडाध्यक्षको भैसी मरेपछि पशुपंक्षी शाखाका प्रमुखलाई कार्यालयमा हाजिर गर्न रोक लगाईएको छ । गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुखलाई काम काजमा रोक लगाइएको हो । उपचार गर्ने क्रममा भैँसी मरेपछि कामकारबाहीमै रोक लगाएर पशुपंक्षी शाखाका प्रमुख सहदेव साहमाथि गाउँपालिकाले छानबिन अघि […]
विराटनगर, २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउन मद्दत गर्ने बताउनुभएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदा उपर सरोकारवालाहरुबीच अन्तरक्रिया’ कार्यक्रमको उद्धाटन गर्दै उहाँले स्वदेशी कच्चा पदार्थलाई बढावा दिन औद्योगिक नीति आवश्यक रहेको कुरामा जोड दिनुभयो । […]
विराटनगर २३ माघ । राष्ट्रिय शैक्षिक परामर्श संघ काेशी प्रदेशले नाे अब्जेक्सन सर्टिफिकेट ( एनओसी) प्रदेश स्तरबाटै जारी हुने व्यवस्था मिलाउन माग गरेकाे छ । हाल सानोठिमी भक्तपुरबाट जारी हुँदै आएको एनओसी प्रदेश स्तरबाटै गर्न उसले माग गरेकाे हाे । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई संघले आज ज्ञापन पत्र बुझाउँदै कोशी प्रदेश भित्र शैक्षिक परामर्श […]