माओवादी केन्द्रको कार्यबाहक अध्यक्ष दिन नारायणकाजीको माग

विराटनगर ७ असोज । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गर्नु भएको छ । पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गर्नु भएको हो । माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिनुभयो […]

हुलाकी राजमार्गले छुने साना चोक बजारमा परिणत हुँदै

विराटनगर, ७ असोज । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको आवगमन सहज हुनुका साथै स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारसँगको प्रत्यक्ष पहुँच बढ्दा त्यस क्षेत्रको आर्थिक परिचालनमा ठुलो परिवर्तन आएको मोरङ क्षेत्र नं २ (१) […]

बडादशैं आजबाट सुरु

विराटनगर ६ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षाेल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा […]

५ जना मन्त्रीहरूको नाम राष्ट्रपति पौडेल समक्ष सिफारिस, आज सपथ

विराटनगर ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नु भएको छ । उहाँले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति […]

निर्वाचन कानुन संशोधनको प्रस्ताव

विराटनगर ५ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत संशोधन गर्ने सम्भावना छ । निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा […]