विराट सडक महाेत्सव माघ १ देखि हुने

विराटनगर ४ पुस । विराट सडक महोत्सवको पाँचौँ संस्करण आगामी  माघ १ देखि ५ गतेसम्म आयोजना हुने भएको छ। माघे सङ्क्रान्ति तथा सोनाम ल्होसारको  अवसरमा विराटनगरको हिमालय रोडमा महोत्सव सञ्चालन गरिन लागेको आयोजक मञ्जिना मुभिज क्रिएसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनुभयाे। महोत्सवमा नेवारी, थारु, राजवंशी, लिम्बूलगायत विभिन्न आदिवासी जनजातिका परम्परागत खानाका परिकारसँगै स्टार होटलहरूमा पाइने […]

सीमापार हुने मानव बेचविखन तथा ओसारपसार, शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे अन्तर्राष्ट्रिय कार्यशाला

विराटनगर ४ पुस । नेपाल–भारत सीमापार हुने मानव बेचविखन तथा ओसारपसार र शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे अन्तराष्ट्रिय कार्यशाला विराटनगरमा शुरू भएको छ । दुईदिने कार्यशालाको नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो । मन्त्री श्रेष्ठले मानव बेचबिखन सीमा नमान्ने गम्भीर अपराध भएकाले यसविरुद्ध दुवै देशबीच मजबुत सहकार्य आवश्यक […]

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश

विराटनगर २ पुस । सर्वाेच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षीहरूसँग लिखित जवाफ माग गर्ने आदेशसमेत गरेको छ । रिटमाथि सर्वाेच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र […]

ट्रक चालक तथा सहचालकका लागि निःशुल्क आँखा शिविर

विराटनगर, २ पुस । विराटनगर ट्रक व्यवसायी संघको आयोजनामा आज ट्रक चालक तथा सह–चालकहरूका लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ मोरङ शाखाको सहकार्यमा शिविर आयोजना गरिएको विराटनगर ट्रक व्यवशायी संघका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिनुभयो । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा […]

डिभिजन वन कार्यालय मोरङद्धारा ४६ वटा संघसंस्थालाई सम्मान

विराटनगर १ पुस । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा क्षति भएको डिभिजन वन कार्यालय मोरङको कार्यालय पुनःनिमार्ण तथा मर्मत संभारमा सहयोग पुर्याउने ४६ वटा संघसंस्थालाई आज सम्मान गरिएको छ । आन्दोनको क्रममा आगजनीका कारण क्षति भएका संरचना पुन :निर्माण तथा प्रशासनिक सेवा संचालनका लागि कार्यालयलाई भौतिक तथा जिन्सी समाग्री उपलव्ध गराउने मोरङका […]