महानगरस्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी एभरेष्ट स्कुललाई

विराटनगर ११ पुस । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, […]

विराटनगरका सक्रिय पत्रकार सरदार सम्मानित

विराटनगर ११ पुस । विराटनगरका सक्रिय पत्रकार पदमकुमार सरदार नगदसहित सम्मानित भएका छन् । ग्रामथानमा जेष्ठ नागरिक साझा चौतारी सेवा समाज नेपाल ग्रामथान गाउँपालिका–२ झौराहाटको १० औं वार्षिक साधारण सभाका बीच पत्रकार सरदार सम्मानित भएका हुन् । सरदारलाई पत्रकारिता र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको जेष्ठ नागरिक साझा चौतारी सेवा समाज नेपालका […]

कोशी प्रदेशमा दलित सशक्तीकरण ऐन निर्माणमा भएको ढिलाइप्रति सरोकारवालाहरूकाे असन्तुष्टि

विराटनगर ११ पुस । कोशी प्रदेशमा दलित सशक्तीकरण ऐन निर्माणमा भएको ढिलाइप्रति सरोकारवालाहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । कोशी प्रदेशमा ‘दलित सशक्तीकरण ऐन’ निर्माणको गृहकार्य २०७६ सालदेखि सुरु भएपनि अझै सम्म पनि ऐन नबन्दा दलित अगुवाहरुले सरकारको नियतमाथि प्रश्न गरेका छन् । दलित महिला केन्द्रको आयोजनामा आज विराटनगरमा आयोजित ‘दलित सशक्तीकरण ऐन सम्बन्धी छलफलमा’ […]

मन्त्रालयका लागि विनियोजित वजेटप्रति मन्त्री राईको असन्तुष्टि

विराटनगर ११ पुस । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले आफ्नो मन्त्रालयका लागि विनियोजित वजेटप्रति असन्तुष्टी व्यक्त गर्नु भएको छ । कार्यक्षेत्र ठुलो भएको मन्त्रालयका लागि कूल वजेटको तीन प्रतिशत पनि विनियोजन नभएको भन्दै असन्तुष्टी व्यक्त गर्नु भएको हो । पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघ विराटनगरले आज आयोजना […]

जोलोजिकल सोसाइटी कोशी प्रदेशको पाँचौ साधारण सभा, अध्यक्षमा अधिकारी निर्वाचित

विराटनगर १० पुस। जोलोजिष्टहरुले देश विकासमा आफ्नो अनुसन्धानहरुबाट योगदान दिनुपर्ने बताउनुभएको छ । कोशी प्रदेशभरिका जोलोजिष्ट (प्राणी वैज्ञानिक)हरुको विराटनगरमा पुस १० गते आयोजित नेपाल जोलोजिकल सोसाइटी कोशी प्रदेशको पाँचौ साधारण सभामा जोलोजिष्टहरुले त्यस्तो धारणा राख्नुभएको हो । सो सभामा बोल्दै प्राध्यापक डाक्टर रामबहादुर थापाले प्राणी विज्ञानसँग सम्बन्धितहरुले आफ्ना खोजअनुसन्धानबाट देशको विकासमा योगदान दिनुपर्ने विचार राख्नुभयो […]