विराटनगर २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी अधिकृतले बताए । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट […]
विराटनगर २ कात्तिक । सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेड विराटनगरले १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सहकारीको आज विराटनगरमा सम्पन्न १३ औं बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०–०८१ मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो । ११८ जना सञ्चारकर्मी सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०८०–०८१ सम्म शेयर पूँजी २४ लाख ३५ […]
विराटनगर १ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार […]
विराटनगर १ कात्तिक । कोशी प्रदेश सरकारको सेवा एउटै क्षेत्रबाट गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने भएको छ । प्रदेशको स्थायी भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखी प्रदेश सरकारका सबै मन्त्रालय, निकाय र विभाग एवम् प्रदेशसभा समेतका कामकारवाहीलाई एउटै क्षेत्रबाट सुचारू गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने नीति प्रदेश सरकारले लिने भएको हो । प्राकृतिक तथा […]
विराटनगर २९ असोज । विजया दशमीको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने परम्परा छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म […]