तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न

विराटनगर २८ माघ। नेपाल स्काउट, कोशी प्रदेश समितिको आयोजनामा माघ २५ गतेदेखि सुरु भएको तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न भएको छ । आज स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतमा भएको समापन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन […]

१२ औं स्थापना दिवसको अवसरमा रेमिट साकोसद्धारा खुल्ला रक्तदान

विराटनगर २८ माघ । मोरङको ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले सोमबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए भने ४३ प्रिन्ट रगत संकलन भएको थियो […]

युएसएआइडीको सहयोग अन्तर्गत स्वास्थ्य क्षेत्रको ७२ करोड ४४ लाख रुपैयाँ रोकियो

विराटनगर २८ माघ । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)को सहयोग अन्तर्गत स्वास्थ्य क्षेत्रमा सरकारी संयन्त्रमा आएको ७२ करोड ४४ लाख रुपैयाँ रोकिएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम […]

ताप्लेजुङ्ग घटना वार्ताद्वारा समाधान गर्न राष्ट्रिय मानवअधिकार आयोगको सुझाव

विराटनगर २८ माघ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्गको पाथीभरामा केबलकार निर्माणमा देखिएको समस्या वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो स्थानको विवाद व्यवसायिक र पहिचान पक्ष भएकोले एकअर्कालाई सम्मान गरी मिलेर समस्या समाधान गरी जान […]

वर्तमान गठबन्धन सरकार परिवर्तन गर्ने कुनै सोच छैन : झलनाथ खनाल

विराटनगर २८ माघ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकार परिवर्तन गर्ने कुनै सोच नरहेको बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकारले देश जनताको हितमा राम्रो काम गर्नुपर्नेमा जोड दिनु भयो । नेता खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेकोले […]