विराटनगर १५ असोज । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा गरिँदै छ । दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ । माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । सिद्धिदात्रीलाई सबै प्रकारका सिद्धि […]
विराटनगर १५ असोज । दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्याउने सम्भावना छ । मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी […]
विराटनगर १४ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ को घटना सम्बन्धि जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई जिम्मेवारीमुक्त गर्न नेकपा एमाले कोशीले माग गरेको छ । अध्यक्ष कार्कीलाई जिम्मेवारीबाट मुक्त गरि निष्पक्ष र तटस्थ व्यक्तिहरु आयोगमा नियुक्त गर्न माग गरिएको हो । कार्कीले अध्यक्ष बन्नुअघि नै सबैजसो विषयमा निष्कर्ष निकाल्दै […]
विराटनगर १४ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ […]
विराटनगर १४ असोज । नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ […]