लिपुलेकमा भारतसँगको सहमतिबारे चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

विराटनगर १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाउनु भएको छ । परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, आज दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाउनु भएको छ । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग […]

सरस्वती मावि एसएलसी ब्याच ०५३ द्धारा विराटेश्वर वृद्धाश्रमका लागि आवस्यक सामग्री हस्तान्तरण

विराटनगर, १४ भदौ । विराटनगरमा विभिन्न समाजिक कार्य गर्दै आएको एसएलसी ब्याच ०५३ समूहले विराटेश्वर वृद्धाश्रम सेवा समितिमा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । सरस्वती माविबाट ०५३ सालमा एसएलसी दिएका युवाहरुको समूहले शनिबार एक कार्यक्रम आयोजना गर्दै विराटनगर ८ स्थित आश्रमका बृद्धवृद्धालाई खाना खुवाउनुका साथै आवश्यक सामाग्री वितरण गरेको हो । समूहका संयोजक सुमन अधिकारीका […]

फोटो ग्राफर संघ मोरङद्धारा रक्तदान

विराटनगर, १४ भदौ । फोटो ग्राफर संघ मोरङले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकारी दिनुभयो । रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गर्नुभयो । रक्तदान कार्यक्रममा स्थानिय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र […]

विराटनगर ४ मा कांग्रेसको क्रियाशिल सदस्य वितरण

विराटनगर, १४ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज विराटनगर स्थित कचंनवारी रहेको वडा कार्यालयमा एक कार्यक्रमवीच उक्त कार्यक्रम सम्पन्न भएको हो । वडा सभापति राजकुमार तवदारको नेतृत्वमा भएको यस कार्यक्रमले वडाभरीका कांग्रेस नेता तथा कार्यकर्ता उत्साह थपेको छ । कार्यक्रमको प्रमुख […]

मोरङ कानेपोखरीका ४१ विपन्न परिवारलाई घर हस्तान्तरण

विराटनगर १४ भदौ । मोरङको कानेपोखरी गाउँपालिकाभित्रका घरबारविहीन अति विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । ४१ अति विपन्न परिवारलाई आज नयाँ घर हस्तान्तरण गरिएको हो । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी लगायतको उपस्थितिमा घर […]