दुर्गा प्रसाइँसँग सरकारले बार्ता गर्ने

विराटनगर २ भदौ । सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला […]

कोशी प्रदेश सरकार पुर्नगठन, नेकपाबाट एक राज्यसहित ५ मन्त्रीद्धारा सपथग्रहण

विराटनगर १ भदौ । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको सत्ता सहकार्यको सहमतिअनुसार कोशी प्रदेश सरकार पुनर्गठन भएको छ। नेकपा औपचारिक रूपमा सोमबार सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पूर्णता पाएको हो। नयाँ कार्यविभाजनअनुसार प्रदेश मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ। जसमा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री छन । नेकपाबाट चार […]

ओलीको घोषणा– एमाले पुनर्गठन हुँदैन, पुनर्जागरण हुन्छ

विराटनगर ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजकताको संज्ञा दिनुभएको छ । झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै अध्यक्ष ओलीले अध्यक्ष फेर्ने नाममा अराजक गतिविधि नगर्न चेतावनी दिनुभएको हो । ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा […]

कोशी प्रदेशमा एमाले र नेकपावीच मन्त्रालय भागबन्डामा सहमति

विराटनगर २९ साउन । नयाँ सत्तासमीकरणको सहमतिपछि कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रालय भागबन्डामा सहमति गरेका छन् । केन्द्रीय नेतृत्वको हस्तक्षेपछि ९ वटा मन्त्रालय रहेको कोशीमा ५–४ को सहमति गरेका हुन् । कोशी प्रदेशमा नेकपाले ४ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीमा दाबी गरेको थियो । तर, नेकपा एमाले भने ३ वटा […]

कोशी प्रदेश : एमालेका मन्त्री तत्काल नहट्ने, मन्त्रालय भने फेरबदल हुने

विराटनगर २७ साउन । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी हुने भए पनि हाल सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरूलाई तत्काल नहटाइने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका मन्त्रीहरूलाई तत्काल जिम्मेवारीबाट नहटाउने तर नेकपा सरकारमा प्रवेश गरेसँगै मन्त्रालयको जिम्मेवारीमा फेरबदल गरिने बताउनुभयो । केन्द्रमा भएको सहमतिअनुसार कोशी प्रदेशमा एमाले र नेकपाको संयुक्त […]