मेयर कोइरालाको नेतृत्वमा विराटनगरका क्यासिनोको आकस्मिक अनुगमन

विराटनगर १८ माघ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ । उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहित पुगेको मेयर कोइराला नेतृत्वको टोलीले रत्ना होटल र विग होटलमा सञ्चालित […]

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

विराटनगर १८ माघ । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको […]

आवस्यक कागजात पुगे मोरङमा एक घण्टा भित्रै नागरिकता वितरण हुने

विराटनगर, १७ माघ । जिल्ला प्रशासन कार्यालय मोरङले सेवाग्राहीलाई एक घण्टाभित्र नागरिकता प्रमाणपत्र उपलव्ध गराउने भएको छ । मोरङमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार एवं मानवअधिकारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा नागरिकता प्रमाणपत्र लिनका आवश्यक पर्ने सम्पूर्ण कागजपत्र उपलव्ध गराएको अवस्थामा एक घण्टा भन्दा अझ छिटो समयमा […]

फागुन ६ देखि मोरङको सुन्दरहरैंचामा स्काउटको संयुक्त क्याम्प संचालन हुने

विराटनगर १७ माघ । आगामी फागुन ६ गतेदेखि मोरङको सुन्दरहरैचामा नेपाल स्काउटको संयुक्त ट्रेनिङ क्याम्प संचालन हुने भएको छ ।  मोरङका सुन्दरहरैँचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी, लेटाङका स्थानीय स्काउट तदर्थ समितिहरुको संयुक्त आयोजनामा  ३ रात ४ दिनको क्याम्प संचालन हुन लागेको हो । संयुक्त ट्रेनिङ क्याम्प मूल समारोह समितिका संयोजक बादल देवानले आज विज्ञप्ति जारी […]

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २१ औं वार्षिक उत्सव सम्पन्न

विराटनगर, १७ माघ । मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निकले सोमबार एक कार्यक्रमको बिच वार्षिक उत्सव मनाएको हो । उक्त अवसरमा ३९ जना उत्कृष्ठ विद्यार्थी पुरस्कृत भएका छन् […]