चीना थापा विराटनगर २३ फागुन । सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधार विकास, भवन निर्माण, शौचालय, खानेपानी, कम्पाउण्ड वाल, फर्निचर शिर्षकमा विराटनगर महानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा ४० लाख रुपैयाँ अबण्डा राखेर खर्च गर्यो । महालेखापरीक्षक कार्यालयले यस्तो खर्चमा प्रश्न उठाएपछि महानगरले उक्त अबण्डालाई नगर कार्यपालिकाको निर्णय बमोजिम विभिन्न २० योजना तथा कार्यक्रममा खर्च गरेको जनायो । […]
विराटनगर १६ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवद्र्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव […]
विराटनगर, १६ फागुन । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय […]
विराटनगर १६ फागुन । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग अन्तर्गत ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालित रहेका छन् । ती उद्योगहरुमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला […]
विराटनगर ८ फागुन । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अगाडी देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको […]