गठबन्धनले अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षिप्त भयौं : एमाले नेता कार्की

विराटनगर १ कात्तिक । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ‘विद्रोही’ सांसदहरूलाई साथ दिइएको बताउनु भएको छ । प्रदेश सभामा बोल्दै एमाले संसदीय दल नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममाः कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताउनु भएको छ । ‘कांग्रेस […]

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनगर १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले निर्वाचन प्रक्रियामार्फत एमालेसहित गठबन्धनका चारै दलको जम्मा ८६ मत पाउनु भएको हो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गरेका छन्। उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री […]

विराटनगर ८ द्धारा सुत्केरीका लागि कोशेली वितरण

विराटनगर ३० असोज । विराटनगर महानगरपालिका वडा नंं ८ ले सुत्केरीका लागि कोशेली वितरण कार्यक्रम शुरु गरेको छ । वीडीइसी नामक संस्थासँगको साझेदारीमा विराटनगर महानगरपालिकाले १९ वटै वडामा बाल स्वास्थ्य संवन्धि विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रम अन्र्तगत विराटनगर ८ मा रहेका सुत्केरीहरुलाई कोशेली वितरण शुरु गरिएको हो । बच्चाका लागि कपडा, पौष्टिक […]

फोन कलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

विराटनगर ३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताउनु भएको छ । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिनुभयो । प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भन्नुभयोे,“प्रहरीले आफ्ना […]

एमाले मोरङले कात्तिक २५ गते शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने

विराटनगर ३० असोज । नेकपा एमाले मोरङले आगामी कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज विराटनगरको बसेको जिल्ला कमिटीको नवौं पूर्ण बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय पाञ्चालीमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय भएको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । दशैं, तिहार, […]