विराटनगर, २७ साउन । सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएका हुन्। कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले सरकारमा सहभागी सबै कांग्रेसका मन्त्रीले राजीनामा दिएको जानकारी दिनुभयो। नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन दबाब […]
विराटनगर २४ साउन । नेकपा (एमाले) का कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पदबाट राजीनामा दिने बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले अध्यक्ष ओलीको निर्देशनअनुसार मुख्यमन्त्री कार्कीले निर्देशन अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभएको दाबी गर्नुभयो। उहाँका अनुसार अहिले मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारमा नेपाली कम्युनिष्ट […]
विराटनगर २१ साउन । सर्वाेच्च अदालतको पूर्ण इजलासले कांग्रेस आधिकारिकता विवादमा पुनरावलोकन अनुमति दिएको छ । अब कांग्रेस विवाद निरुपणका लागि तीन न्यायाधीशको इजलासमा फेरि सुनुवाइ हुनेछ । यसअघि दुई न्यायाधीशको इजालसले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो । उक्त फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ । उक्त बहसले फैसला […]
विराटनगर १८ साउन । कोशी प्रदेशमा मुख्यमन्त्री फेर्ने एमालेभित्रको विवाद पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि टुंग्याउने सहमति भएको छ । पार्टीको प्रदेश समितिले आज बोलाएको सांसदहरूको बैठकमा सचिव तथा इन्चार्ज शेरधन राईले सहमतिमा समस्या समाधान गर्ने बताउनुभयो । बैठकमा पार्टीका अर्का सचिव तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशीका अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बो, प्रमुख […]
विराटनगर ९ साउन । नेकपा एमाले र नेकपाबीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ । आज एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गरेका हुन । संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ […]