कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न वार्ता समिति गठन

विराटनगर ६ असोज । नेपाली कम्युनिस्ट पार्टीले कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न वार्ता समिति गठन गरेको छ ।

वार्ता समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन् ।
नेकपाको केन्द्रीय कार्यसमितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले वार्ता समिति गठन गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।