विराटनगर २४ असोज । नेकपा (एमाले) ले कोशी प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री सिर्जना राईलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।
शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले भोजपुरकी राईसहित १३ जना नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो ।
मनोनीत राई संसदीय भूमिकाका साथै सांगठनिक जिम्मेवारीमा समेत लामो समयदेखि सक्रिय रहँदै आउनु भएको छ । उहाँ हाल अखिल नेपाल महिला संघ (अनेमसंघ) कोशी प्रदेशको अध्यक्ष हुनुहुन्छ ।
बैठकले राईका साथै पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसीलाई पनि केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।