विराटनगर, १ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । विराटनगरमा हालसम्म ९२७८ मत गनिएको छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २९३२ मत ल्याएर अग्रता कायमै राख्नु भएको छ । मेयरमा एमाले उम्मेदवार सागर थापाले २१२३ मत प्राप्त गर्नु भएको छ […]
विराटनगर, २८ वैशाख । एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो । उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सर्वाेच्चमा रिट […]
विराटनगर, २७ वैशाख । स्थानीय निर्वाचनलाई लक्षित गरेर भारतको जोगवनी हुँदै प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने मुख्य नाका आज रातिदेखि शील गरिँदै छ । मुख्यबाहेक अन्य नाका राति १२ बजेपछि शील गरिने छ । नेपाल–भारत सीमा क्षेत्रका सबै नाका शील गरेर मानिस तथा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी काशीराज […]
विराटनगर, २७ वैशाख । स्थानीय तहको निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नगर्न मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले प्रहरीलाई निर्देशन दिनु भएको छ । मोरङका विभिन्न प्रहरी युनिटको निरीक्षणका क्रममा आज एसपी कोइरालाले निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्तदुरुस्त र मजवुत बनाउन निर्देशन दिनु भएको हो । ‘निर्वाचन सुरक्षाको मुख्य भूमिकामा नेपाल प्रहरी रहेको छ । […]
विराटनगर, २७ वैशाख । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री मोरङका सबै मतदानस्थलमा पुर्याइएको छ । १७ वटा स्थानीय तह रहेको मोरङमा तीन सय मतदानस्थल र आठ सय २० वटा मतदान केन्द्र छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचनलाई आवश्यक पर्ने सबै सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा […]