विपदमा परेका बालबालिकाको ओसारपसार रोक्न कोशीका सीमा नाकामा निगरानी बढाइने

विराटनगर १६ भदौ । विपदमा परेका बालबालिकाको संरक्षण तथा सम्भावित ओसारपसार रोक्न कोशी प्रदेशका प्रमुख सीमा नाकामा निगरानी र अनुगमन प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशको आयोजनामा मंगलबार सम्पन्न अनलाइन बैठकले विपद्को समयमा बालबालिका विभिन्न बहानामा ओसारपसार तथा श्रमजन्य कार्यमा प्रयोग हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै […]

भोटेकोशी बाढीपीडितका लागि आकृति एडभर्टाइजिङद्वारा ५ लाख ५५ हजार सहयोग

विराटनगर १५ भदौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित आकृति एडभर्टाइजिङले आर्थिक सहयोग गरेको   छ । आकृति एडभर्टाइजिङका प्रबन्ध निर्देशक मनोज चौहानले ५ लाख ५५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो । सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरिएको हो । […]

विराटनगरमा इस्कोनको श्रीकृष्ण जन्माष्टमी समारोह, १५ हजारभन्दा बढी भक्तजन सहभागी हुने

विराटनगर १५ भदौ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले आगामी भदौं १९ गते शुक्रबार विराटनगरस्थित जैन भवनमा श्रीकृष्ण जन्माष्टमी समारोह आयोजना गर्ने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने समारोहमा १५ हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । इस्कोन विराटनगरले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको […]

विराटनगर बजारबाट पुराना र कुच्चिएका ५६ पानीका जार नष्ट

विराटनगर १५ भदौ । विराटनगर बजारमा प्रशोधित पिउने पानीका जारको अवस्था तथा गुणस्तरबारे संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा पुराना तथा कुच्चिएका ५६ थान पानीका जार नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र नेपाल प्रहरीसहितको संयुक्त अनुगमन टोलीले सोमबार […]

रसुवा बाढीपीडितकालागि स्वस्तिका ट्रान्सपोर्टद्वारा दुईलाख ५५ हजार पाँचसय ५५ सहयोग

विराटनगर, १५ भदाै । भाेटेकाेशी बाढीबाट पीडितको राहत तथा उद्धार कार्यमा सहयोग स्वरूप स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि. विराटनगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुईलाख ५५ हजार पाँचसय ५५ रुपैयाँ सहयोग रकम जम्मा गरेको छ। स्वस्तिका ट्रान्सपोर्ट र यसका संस्थापक स्वर्गीय कृष्णप्रसाद सिग्देलको नाममा स्थापित कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले संयुक्त रूपमा उक्त सहयोग रकम एभरेष्ट बैंकको […]