ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले कोशी प्रदेशबाट १५सय पिन्ट रगत संकलन गर्दै

विराटनगर ५ भदौ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले रक्तदान अभियान सञ्चालन गर्दै छ । ब्रह्माकुमारी संस्थाकी पूर्व प्रमुख दादी प्रकाशमणीको १९ औं स्मृति दिवसको अवसरमा भदौ ९ गते रक्तदान अभियान सञ्चालन गरिने भएको हो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले कोशी प्रदेशबाट १ हजार ५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ । कोशी प्रदेशका विभिन्न सेवा केन्द्रहरुमा रक्तदान कार्यक्रम सञ्चालन गरिने सेवा केन्द्र कोशी प्रदेश प्रमुख गीता दिदीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तीनटोलिया विराटनगरमा हुने रक्तदान कार्यक्रममा सहभागीहरुलाई माइन्ड स्पा र मुड क्लिनिक सञ्चालन गरिने छ ।

आज आयोजित पत्रकार सम्मेलनमा गीता दिदीले १४२ देशमा रहेका ब्रह्माकुमारी संस्थाहरुमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रमका अवसरमा शारीरिक तथा मानसिक शान्ति र एकाग्रताका लागि योग तथा ध्यानको अभ्यास गराईने प्रा.डा. अजय भट्टराईले बताउनुभयो ।