विराटनगर १० मंसिर । काेशी अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्रले गरि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएकाे छ ।
विराटनगरमा बुधबार एकद्वार संकट व्यवस्थापन केन्द्रकाे आयोजनामा लैगिंक हिंसा अन्तयका लागि ऐक्यवद्धता, पीडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चितता भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । डर होइन, सम्मान चाहिन्छ, भेदभाव होइन, समानता चाहिन्छ, घर होस् वा समाज, हिंसालाई छैन कुनै ठाउँ, शरीर पहिचान र अस्तित्वमाथि हिंसा बन्द गरौं लगगायतकाे विषयमा काेशी अस्पतालका मेसु चन्द्रभाल झाले चर्चा गर्नुभएको थियाे ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी , सरोकारवाला निकायका प्रतिनिधिहरूले समाजमा विद्यमान सबै प्रकारका लैङ्गिक हिंसा अन्त्य गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रम मै अस्पतालकि नर्सिङ प्रमुख मञ्जु यादवले अहिलेकाे परिवेसमा लैगिंक हिंसा निकै नै बढी रहेकाे छ,यसकाे अन्त्य गर्न समाजसेवी ,राजनीतिक,स्वास्थ्यकर्मीलगायत सवै सराेकारवालाहरू एक ढिक्का हुन आग्रह गर्नुभयाे ।
नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म १६ दिनभर जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो अभियान सञ्चालन गरिने छ ।