तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न

विराटनगर २८ माघ। नेपाल स्काउट, कोशी प्रदेश समितिको आयोजनामा माघ २५ गतेदेखि सुरु भएको तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न भएको छ । आज स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतमा भएको समापन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन […]

ताप्लेजुङ्ग घटना वार्ताद्वारा समाधान गर्न राष्ट्रिय मानवअधिकार आयोगको सुझाव

विराटनगर २८ माघ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्गको पाथीभरामा केबलकार निर्माणमा देखिएको समस्या वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो स्थानको विवाद व्यवसायिक र पहिचान पक्ष भएकोले एकअर्कालाई सम्मान गरी मिलेर समस्या समाधान गरी जान […]

सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो

विराटनगर २७ माघ । मोरङको सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिने भएको छ । सुन्दरहरैचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ३० देखि फागुन १० गते सम्म विराट एक्स्पोको चौथो संस्करण आयोजना गर्न लागिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो । एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा […]

असल नागरिक निर्माणमा स्काउटकाे भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल नागरिक निर्माण गरी राष्ट्रसेवामा समर्पित हुने कार्य गरिरहेको बताउनु भएको छ । कोशी प्रदेशस्तरिय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले आफनो भुमिका निर्वाह गरिरहेको विचार राख्नु भयो । मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद्का […]

माेरङ बुढीगंगाकाे जेभियर्स इङलिस स्कुलकाे १० औं बार्षिकाेत्सव, व्यवहारिक शिक्षामा जाेड

विराटनगर २६ माघ । माेरङ बुढीगंगा २स्थित जेभियर्स इङलिस स्कुलले शनिबार १० औं बार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ । बार्षिकाेत्सवकाे अवसरमा एक शिक्षक सहित तीन जनालाई सम्मान गरिएकाे छ । ०८० बुढीगंगा भरिमा उत्कृष्ट अंक ल्याउने जेभियर्सकाे कक्षा १२ का कुशल विक, कक्षा १० कि दीया थापा मगर र खेल शिक्षक कराँतेका प्रभाकर रानामगरलाई […]