विराटनगर, २८ फागुन । सञ्चार क्षेत्रमा महिला पत्रकारहरुको वृद्धिका लागि ‘सञ्चार गृह महिला मैत्री’ हुुनुपर्ने सुझाव सरोकारवालाहरुले दिनु भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ मोरङद्वारा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको आज यहाँ आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाहरुको अर्थपूर्ण सहभागिता सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले महिला पत्रकारहरुको वृद्धिका लागि सञ्चार गृहले महिला […]
विराटनगर २७ फागुन । विराटनगरमा आकासे पुल शिलान्यासमै सिमित भएको छ । ०७६ सालमा विराटनगरमा आकाशी पुलले व्यापक चर्चा पनि पायोे । तत्कालिन महानगर प्रमुख तथा हाल कोशी प्रदेशसभा सदस्य भीम पराजुलीको चौतर्फी प्रशंसा भयो । विराटनगरमा आकाश पुल विराटनगरवासीको लागि एउटा नयाँ दीर्घकालीन योजना थियो । दैनिक बढ्दै गएको सडक दुर्घटना न्यूनीकरणको एक विकल्प […]
विराटनगर २६ फागुन । विराटनगर ४ स्थित लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाहिक ब्रम्हायज्ञ आयोजना हुने भएको छ । आगामी चैत १ देखि ५ गते सम्म त्रिदण्डी श्रीमन्नारायण चिन्न जीयर स्वामीको उपस्थितिमा ब्रम्हायज्ञ हुने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष देवराज सुवेदीले जानकारी दिनुभयाे । उहाँका अनुसार अहिलेको आध्यात्मिक समाजमा स्वामीजीका कामहरू वैभव प्रसिद्ध रहेकाे र यस्ता सन्त शिरोमणिको […]
विराटनगर २५ फागुन । विराटनगर ट्रक व्यवशायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ । शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । साधारणसभालाई बैधानिकता प्रदान गर्नकालागि संघमा आवद्ध कुल सदस्य संख्या दुईसय ५१ को दुईतिहाई बहुमत सदस्य […]
विराटनगर, २५ फाल्गुन । मोरङ्ग जिल्लामा राष्ट्रिय सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । जिल्ला बचत तथत ऋण सहकारी संघ लि. मोरङ्गकी उपाध्यक्ष सीता लामिछानेका अनुसार मोरङ्ग जिल्लाका सबै सहकारी संघहरु, अग्रज सहकारीकर्मीहरु, राष्ट्रिय सहकारी बैंक, सहकारी कर्मचारी संगठन लगायतको उपस्थितीमा हिजो सम्पन्न संयुक्त बैठकले जिल्ला सहकारी संघ लि. मोरङ्गका […]