कोशी सरकारले बाँड्दैछ २ हजार ५ सय व्यक्तिलाई १३ करोड सहायता

विराटनगर ८ चैत । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकका लागि उपचार सहायता सहायता रकम बाड्न सुरु गरेको छ । दुई वर्षदेखि रोकिएको उपचार सहायता रकम आजदेखि बाड्न सुरु गरेको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार २ हजार ५ सय ५६ जनाले उपचार सहायता रकम प्राप्त गर्नेछन् […]

विद्यार्थी परिषद् कोशीको अध्यक्षमा रावत र सचिवमा ताजपुरिया सर्वसम्मत निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज रावत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह–छात्रा प्रमुखमा भावना […]

माेरङ धनपालथानमा भएकाे आगलागीमा परि एक बालिकाकाे मृत्यु, १२ घर जलेर नष्ट

विराटनगर ५ चैत । मोरङको धनपालथान गाउँपालिका–७ कद्मा मुस्लिम टोलमा भएको आगलागीमा परि एक बालिकाको मृत्यु भएकाे छ । स्थानीय ३ वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको रहेको प्रहरीले जनाएको छ । आगलागी विद्युत् सर्ट भइ भएको भन्ने सूचना पाउन साथ प्रहरी घटनास्थल पुगेको थियो । तर, अत्याधिक घाम, र हावाका कारण आगो नियन्त्रणमा […]

हाेली पर्वले सत्यमा हिँड्नका लागि प्रेरित गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर २९ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागु पूर्णिमा अर्थात् होली पर्वले नेपालीहरू बीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताउनुभएको छ। आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गर्ने उल्लेख गर्दै यस्ता […]

आज पहाडी जिल्लामा होली पर्व, मर्यादित ढंगले होली मनाउन आग्रह

विराटनगर २९ फागुन । रंगहरुको पर्व होली आज हिमाली तथा पहाडी जिल्लाहरुमा हर्षाेल्लासका साथ मनाइँदै छ । फागु अर्थात होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षाेल्लासपूर्वक मनाउने गरिन्छ । […]