विराटनगर ३० चैत । कोशी प्रदेश स्तरिय बालकल्याण अधिकारीहरुको प्रदेश भेला तथा अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमको समिक्षा बैठक विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना र करुणा फाउन्डेसन नेपालको सहकार्यमा आयोजित ३ दिने भेला तथा समीक्षा बैठक शुक्रबार बिराटनगरमा समपन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका १ सय ३७ स्थानीय […]
विराटनगर ३० चैत । सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा तारा आचार्य निर्वाचित हुनु भएको छ । सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित आचार्य पत्रकार महासंघ मोरङका उपाध्यक्ष हुनुहुन्छ । सञ्चारिका समूह कोशी प्रदेशको उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा […]
विराटनगर २८ चैत । संचारिका समूह कोशी प्रदेशको आयोजनामा तीन दिने “कृत्रिम बौद्धिकता एआई सम्बन्धी तालिमको सुरु भएको छ। बिहीबार देखि बिराटनगरमा सुरू भएको तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट ३७ जना महिला पत्रकारहरुको सहभागीता रहेको छ । सञ्चारिका समूह कोशी प्रदेश द्वारा सञ्चालित यस तालिमको उद्देश्य महिला पत्रकारहरूलाई आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता को […]
विराटनगर २७ चैत । काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे शुभारम्भ गरिएकाे छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हाे । तेह्रथुम लालिगुराँस नगरपालिका स्थित आर आर गार्डेनमा आयोजित काेशी प्रदेश पर्यटन वर्षको शुभारम्भ उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयाे । […]
विराटनगर २४ चैत । सङ्क्रमणकालीन न्यायलाई तार्किक निश्कर्षमा पुर्याउन प्रमुख तीन राजनीतिक दललाई दबाब सिर्जना गर्नुपर्ने मानव अधिकारकर्मीहरुले बताएका छन् । प्रमुख तीन राजनीतिक दलबिच साझा सहमति भएको खण्डमा पदाधिकारीविहीन अवस्थामा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष तथा सदस्यको नियुक्ति सम्भव भएकाले अधिकारकर्मीले द्वन्द्व पीडितसँगै नागरिक समाजले राज्यसँगै […]