श्रम बजारको माग अनुसारको व्यवहारिक सिप प्रदान गर्न जोड

विराटनगर १ असोज । श्रम बजारको माग अनुसार युवाहरूलाई व्यवहारिक र गुणस्तरीय सीप प्रदान गर्न शिक्षामा आवश्यक सुधार गर्नु आवश्यक रहेको सहभागीहरुले सुझाव दिनु भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र विराटनगर महानगरपालिकाद्धारा आज विराटनगरमा आयोजित प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रमाण साझाकरण एवं सहकार्यात्मक सुधार कार्यशाला गोष्ठीमा सहभागीहरुले प्राविधिक तथा व्यावसायिक […]

१५ औँ महाधिवेशनलाई एकताको बनाउनको लागि अधिकतम लचकता अपनाउने

विराटनगर १ असोज । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनलाई एकताको बनाउनको लागि अधिकतम लचकता अपनाउने जनाएको छ । सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले असन्तुष्ट नेताहरूले अघि सारेको माग सम्बोधन भइसकेको बताउनुभयो । उहाँले सिङ्गो पार्टीपंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्नुभयो । १४ औँ महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य एकता प्रक्रियामा आइसकेको बताउनुभयो […]

कोशी प्रदेशमा २० लाखभन्दा बढी नागरिक जीवन बीमाको दायरामा

विराटनगर ३१ भदौ । कोशी प्रदेशमा २० लाख ६३ हजार ७२५ जनाले जीवन बीमा गराएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशमा जीवन बीमाबाट २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । देशभर संकलन हुने जीवन बीमा शुल्कमा कोशी प्रदेशको योगदान १२ दशमलव ३० प्रतिशत […]

विराट मेडिकल कलेजमा स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका विज्ञको सम्मेलन हुदै

विराटनगर ३१ भदौ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । भोली असोज १ देखि ३ गते सम्म विराटनगर मेडिकल कलेज टिचिङ हस्पिटल परिसर बुढीगंगामा स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय सम्मेलन हुने भएको हो । ‘ स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, […]

संविधान दिवसको अवसरमा रोड रेस र ब्याडमिन्टन प्रतियोगिता हुँदै

विराटनगर ३१ भदौ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले संविधान दिवसको अवसर पारेर रोड रेस र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोग र समन्वयमा बोर्डले असोज १ र २ गते ब्याडमिन्टन प्रतियोगिता र असोज २ गते रोड रेस आयोजना गर्ने भएको हो । बोर्डले आयोजना […]