प्रधानमन्त्री ओली चीन प्रस्थान

विराटनगर १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार विहान चीन प्रस्थान गर्नु भएकाे छ। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि  केहीबेर अघ चीन प्रस्थान गर्नु भएकाे    हाे  । उहाँले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको […]

महेन्द्र मोरङ प्राध्यापक संघमा ११ जना निर्वाचित

विराटनगर, १४ भदौ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको ११ जना सदस्यका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक प्रध्यापक संघका नविन अधिकारी, डा उपेन्द्र मेहता, डा. राजेन्द्र प्रसाद चौधरी, जय नाथ यादब,सीताराम चौलागाई र युवराज साहु निर्वाचित भएका छन् । त्यसैगरी नेकपा एमाले […]

माइती नेपाल विराटनगरको सामाजिक परीक्षण

विराटनगर १३ भदौ । माइती नेपालले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाको सहभागितामा माइती नेपालले एक वर्षको कार्यक्रमको समीक्षा गरेको थियो । कार्यक्रममा माइती नेपालका विराटनगर संयोजक विनोद पोखरेलले आ.व. २०८१–०८२ मा गरिएको आर्थिक विवरण, उपलब्धि, कार्यक्रम तथा सम्पूर्ण गतिविधि सार्वजनिक गरेको थियो । साथै संस्थाले पाएका उपलब्धि र […]

फुटवल टिम तयार गर्दै बुढीगंगा गाउँपालिका

विराटनगर १३ भदौ । मोरङको बुढीगंगा गाउँपालिकाले फुटवल टिम तयार गर्ने भएको छ । बुढीगंगा गाउँपालिकाका तर्फबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने गरि गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको हो । यूवाहरुको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो । उहाँले निरन्तर अभ्यासका लागि फुटवल […]

कोशी प्रदेश तथ्याङ्क सम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक पारित

विराटनगर १३ भदौ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ कोशी प्रदेश तथ्याङ्क सम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक ’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । यस अघि विधेयकको […]