विराटनगर २३ भदाै । जेनजीकाे प्रदर्शनका क्रममा सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । घाइतेमध्ये २ जनाको मृत्यु भएको हो । मृतकहरू अन्दाजी २५ र ३० वर्षीय युवा रहेको प्रहरीले जनाएको छ । पहिचान खुल्न बांकी छ । गोली लागेर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको […]
विराटनगर २३ भदौ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ । शास्त्रीय मान्यताअनुसार, आमा–बुबा, पुर्खा, दिदीबहिनी, दाजुभाइ, पत्नी, गुरु–शिष्य लगायत दिवङ्गत […]
विराटनगर २२ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्म चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक […]
विराटनगर २२ भदौ । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसहमतिले पास भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसका अलवा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए […]
विराटनगर २२ भदौ । २२ औँ निजामती सेवा दिवसको अवसरमा आइतबार विराटनगरस्थित बाल सुधार गृहलाई शैक्षिक सामग्री र मसलन्द प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा कर्मचारी मिलन केन्द्र मोरङले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले निजामती सेवामा कार्यरत सबैलाई शुभकामना दिँदै यसै वर्ष नयाँ निजामती […]