एमाले अध्यक्ष ओली सैनिक ब्यारेकबाट फिर्ता

विराटनगर २ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किनु भएको छ । जेनजी प्रदर्शनका क्रममा उहाँलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आउनु भएको हो । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सर्नुभएको […]

कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय : ५ लाख सम्मका योजना कार्यान्वयन नगरिने

विराटनगर २ असोज । कोशी प्रदेश सरकारले पाँच लाख रुपैयाँसम्मका सबै योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । जेनजी आन्दोलन पछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता […]

बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ मा

विराटनगर ३१ भदौ । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ […]

एमाले मोरङले शुरु गर्यो कार्यकर्ता भेटघाट

विराटनगर ३१ असोज । नेकपा एमाले मोरङले जेनजीको आन्दोलन पछि पहिलो पटक सार्वजनिक रुपमा कार्यकर्ता भेलाको कार्यक्रम गरेको छ । जेनजीको आन्दोलनपछि कार्यकर्तामा बढेको निरासालाई शक्तिमा बदल्ने उद्देश्यले कार्यकर्ता भेला आयोजना गरिएको एमाले मोरङले जनाएको छ । नेताहरुलाई अलग्गै मञ्चमा नराखी कार्यकर्ताको आमनेसामने राखेर कार्यकर्ताको सुझाव लिएर नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थायी […]

तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त कार्यालयको मुख्यमन्त्री कार्कीद्धारा अनुगमन, ४२ वटा कार्यालय र २३७ वटा सवारीमा क्षति

विराटनगर ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय […]