इन्धनमा एकीकृत हरित कर

विराटनगर १७ जेठ । सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ । पेट्रोलियम पदार्थ आयात गरी भन्सार विन्दुमा सङ्कलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर, हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो । इन्धन आयातबापत भन्सार विन्दुमा यी कर सङ्कलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले […]

एमालेले सदस्यता नवीकरण कार्यशाला गर्ने

विराटनगर १७ जेठ । नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । कार्यशालामा पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला […]

अरनिकोद्धारा नयाँ विद्यार्थीको स्वागत, ५ विद्यार्थीलाई पूर्णछात्रबृत्ति प्रदान

विराटनगर १६ जेठ । अरनिको आवासीय मावि विराटनगरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत, अभिमुखीकरण तथा सम्मान गरेको छ । कार्यक्रममा ५ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रबृत्ति प्रदान गरिएको छ । एईईमा अरनिकोबाट ३.९१ जिपीए ल्याएर प्रथम हुने जेबा प्रविनलाई राजबहादुर तथा कमला कुँवर छात्रबृत्ति, कक्षा ११ को प्रवेश परीक्षामा […]

बजेटबाट कोशी प्रदेशका उद्योगी व्यवसायी उत्साहित

विराटनगर १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि संघीय सरकारले आज सार्वजनिक गरेको वजेटप्रति उत्साहित भएका छन् । उनीहरुले वजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटमार्फत सरकारले सुशासन र आर्थिक पुनरुत्थानलाई केन्द्रमा राख्दै शिथिल बनेको निजी क्षेत्रको मनोबल […]

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब

विराटनगर १५ जेठ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उहाँले बताउनुभयो । त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने उहाँले […]