प्रदेश १ को समन्वय परिषद् बैठक सञ्चालन कार्यविधि ‘२०७९’ स्वीकृत

विराटनगर, २४ वैशाख । प्रदेश १ को प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि ‘२०७९’ स्वीकृत गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि ‘२०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि ‘२०७५’ खारेज भएको छ । गत वैैशाख […]

विराटनगर महानगरको आफ्नै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन

विराटनगर, २४ जेठ । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । विराटनगर वडा नम्बर ११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ […]

एक महिनापछि आफन्तलाई बुझाइयो शव

विराटनगर, २४ वैशाख । विराटनगरका एक जना पुरुषको मृत्यु भएको लामो समयपछि शव आफन्तलाई बुझाइएको छ । मृत्यु भएको एक महिनापछि आफन्त र परिवारका सदस्य सम्पर्कमा आएसँगै मृतकको पहिचान खुलेको र शव जिम्मा लगाएर पठाइएको अस्पतालले जनाएको छ । मृतक विराटनगर महानगरपालिका–६ का ४६ वर्षीय दिनेश पासवान रहेको खुलेको छ । विराटनगर–९ घोघापुल चोकमा बिरामी […]

विद्यार्थी केन्द्रित ट्राफिक सचेतना

विराटनगर, २१ जेठ । विराटनगरको पुष्पलाल चोकमा विद्यार्थी केन्द्रित ट्राफिक सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको छ । ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकले विद्यार्थीलाई लक्षित गरेर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरेको हो । सम्बन्धित विद्यालयमै पुगेर प्रत्येक साताको शुक्रबार र मङ्गलबार विद्यार्थीलाई आवश्यक प्रशिक्षण दिने गरिएको ट्राफिक प्रहरीका सहायक निरीक्षक किशोर निरौलाले जानकारी दिनु भयो । उहाँका […]

विराटनगरबाटै लाइसेन्सको नवीकरण, नयाँ वितरण पनि चाँडै

विराटनगर, २१ जेठ । प्रदेश १ को राजधानी विराटनगरबाटै लाइसेन्स (सवारी चालक अनुमति पत्र)को नवीकरण सुरु भएको छ । विराटनगर महानगरपालिका–४ खारजीस्थित यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्स नवीकरण सम्बन्धी सेवा सञ्चालनमा ल्याएको हो । कार्यालयका प्रमुख अनमोलमणि भट्टराईले स्मार्ट लाइसेन्स नवीकरणका लागि पहिलो पटक २ जनाको प्रक्रिया अघि बढाइएको जानकारी दिनु भयो । उहाँका अनुसार […]