बाहिर किरात प्रदेशको माग, भित्र सांसदको गुहार…गुहार

विराटनगर, ९ साउन । प्रदेशसभाको आईतबारको बैठकमा प्रदेशसभामा गुहार….गुहार…गुहार गरेपछि सांसदहरुमा हाँसोको फोहोरा नै छुट्यो । प्रदेशसभा बैठकमा एमाले सांसद सर्वध्वज साँवाले प्रदेश १ को नामकरण प्रति लक्षित गर्दै गुहार….गुहार….गुहार गरेका थिए । चालु आर्थिक वर्षको बजेट गत असार १९ गते पारित भएपछि स्थगित भएर आईतबार बैठक शुरु हुनु अघि देखिनै प्रदेशसभा बाहिर पहिचान पक्षधरहरुले […]

मुख्यमन्त्री राईको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर, ७ साउन । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद ब्यक्त गरेको हो । एमाले मोरङले अविलम्ब प्रदेशबासी […]

प्रदेश १ को नामकरण चालु अधिवेशनबाटै गर्न दलहरुवीच सहमति

विराटनगर, ६ साउन । प्रदेश १ को नामकरण चालु अधिवेशनबाटै गर्न दलहरुवीच सहमति भएको छ । शुक्रबार सभामुख प्रदीपकुमार भण्डारीको सहजीकरणमा बसेको सर्वदलीय वैठकमा सहभागी दलका नेताहरुवीच संसदको चालु अधिवेशनबाटै प्रदेशको नामाकरण गर्न सहमति भएको नेताहरुले बताएका छन् । सहमतिबाटै नाम राख्न दलहरु सहमत भएको सभामुख भण्डारीले बताउनुभयो । दलहरुवीच घनिभुत छलफल जारी राख्ने सहमति […]

विराटनगरबाट अपहरणमा परेकी एक वर्षीया बालिकालाई ४८ घण्टापछि भारतको विहार दरभङ्गाबाट उद्धार

विराटनगर, ४ साउन । विराटनगरबाट अपहरणमा परेकी एक वर्षीया बालिकालाई प्रहरीले ४८ घण्टापछि भारतको विहार दरभङ्गाबाट सकुशल उद्धार गरेको छ । सोमबार विहान विराटनगर रोडशेष चौकबाट अपहरणमा परेकी बालिकालाई नेपाल भारतको बोर्डर एरियाबाट बुधबार विहान सकुसल उद्दार गरी घटनामा संलग्न अनु साह र रवीन्द्र साहलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–१ […]

एभरेष्टमा शिक्षण पद्धति सीप, संस्कार र प्रविधियुक्त बनाउँछौंः टिकाराम पुरी

विराटनगर, ३ साउन । प्रदेश १ कै उत्कृष्ट विद्यालयका रुपमा स्थापित विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले सीप, संस्कार र प्रविधियुक्त शिक्षण पद्धति अवलम्वन गरेको छ । आईटीको भरपुर उपयोग गर्दै अघि बढेको एभरेष्ट स्कुलले हरेक कक्षाकोठा प्रविधियुक्त बनाएको मात्र छैन, शिक्षक र विद्यार्थीलाई समेत प्रविधिमैत्री बनाउँदै लगेको छ । एभरेष्टमा अध्ययन गर्ने विद्यार्थी शैक्षिक […]