संसदको गतिरोध अन्त्यका लागि दलहरुसँग निरन्तर छलफल : प्रधानमन्त्री दाहाल

विराटनगर २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड)ले संसदको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुबीचमा लगातार छलफल भैरहेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त विस्तारित वैठकमा भाग लिन आज विराटनगरमा आउँदा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नु भयो – ‘संसद गतिरोध अन्त्यका लागि लगातार सभामुख […]

सुहाङ्गलाई विजयी गराउन एमाले र माओवादी केन्द्रको आग्रह

विराटनगर २८ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीले आगामी बैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङग नेम्वाङ्गलाई विजयी गराउन सबैसँग आग्रह गरिएको छ । एमाले र माओवादी प्रदेश कमिटीद्वारा आज विराटनगरमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले […]

जनतालाई गुणस्तरीय स्वास्य सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीको दायित्व हो : मन्त्री सुनुवार

विराटनगर २८ चैत । कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीहरुको दायित्व रहेको बताउनु भएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा एवं योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री सुनुवारले सीमित श्रोत सोधनको अधिकतम प्रयोग […]

बीमा प्राधिकरण कोशी प्रदेशद्धारा तीनपालिकासँग अन्तरक्रिया

विराटनगर २७ चैत । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले ताप्लेजुङ, पाँचथर र तेहृथुमका एक–एक स्थानीय तहहरुमा बीमा सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा भएको कार्यक्रममा पालिका अध्यक्ष केशरकुमार सुब्बाले बीमा जोखिम कभर गर्ने महत्वपूर्ण औजार रहेको भन्दै बीमाको महत्व बुझाउदै धेरै स्थानीय तहले बीमा नीति बनाएर कार्यन्वयन गरिसकेको उदाहरण […]

एभरेष्ट स्कुलबाट कक्षा १ पुरा गरेका ७६ विद्यार्थी दिक्षित

विराटनगर २६ चैत । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीको आज दिक्षान्त समारोह सम्पन्न भएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई आज एक समारोहका बिच दिक्षित गरिएको हो । एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ जना बालबालिकालाई दिक्षित गरिएको एभरेष्ट मन्टेश्वरीकी […]