कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर ६ असाेज । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो । काँग्रेस र एमालेको कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला […]

कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागेका छौं : मुख्यमन्त्री कार्की

विराटनगर ५ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । आज २४ औं राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने […]

नगर बाल सञ्जाल विराटनगरले मानव बेचविखन विरुद्ध अभियान चलाउने

विराटनगर ५ असोज । नगर बाल सञ्जाल विराटनगरले मानव बेचविखन विरुद्ध अभियान चलाउने भएको छ । आज माइती नेपालले विराटनगर महानगरपालिका महिला,बालबालिका तथा समाज कल्याण शाखाको सहकार्यमा आयोजना गरेको मानव वेचविखन तथा ओसारपसार विरुद्ध कानुनी विषयक अभिमुखिकरण कार्यक्रममा नगर बाल सञ्जालका पदाधिकारीहरु तथा सदस्यहरुले यसबारे सचेतनामुलक अभियान चलाउने बताएका हुन । वाल क्लव नगर संजालका […]

पत्रकार मेहता सम्मानित

विराटनगर ५ असोज । नारी उत्थान समाज विराटनगर–५ ले पत्रकार सन्तोष मेहतालाई सम्मानित गरेको छ । जितिया पर्वको अवसरमा आज आयोजित कार्यक्रममा पत्रकार मेहतालाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सम्मानित गर्नुभएको हो । विगत ६ वर्षदेखि विराटनगर नारी उत्थान समाजले गरेका गतिविधिलाई आम नागरिकसम्म पुर्याउन खेलेको भूमिकाको कदर गर्दै मेहतालाई सम्मान गरिएको आयोजक संस्थाका नन्दकिशोर […]

राष्ट्रिय एकतालाई बलियो बनाउन आवस्यक : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर, ५ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई मजवुत बनाउन मदन भण्डारी फाउण्डेशन लाग्नु पर्ने बताउनु भएको छ । मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा आयोजित ‘जवज मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले राष्ट्रियता र स्वाधिनतालाई बलियो बनाउने भूमिका फाउण्डेशन लाग्न आग्रह […]