चिया बगानका श्रमिकलाई न्युनतम ज्यालामा समान नीति बनाउन जिफन्टद्वारा प्रदेश सरकार समक्ष माग

विराटनगर १७ चैत । चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो । अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको र्भपनि चिया तथा कफी बगानमा काम […]

जागरण अभियानमा एमाले विराटनगरद्वारा सरसफाई

विराटनगर १७ च‌ैत । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् […]

श्रम संसार वेव पोर्टल प्रवर्धन सम्बन्धी अन्तरक्रिया

विराटनगर १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना स्टेप अफ परियोजना स्विस कन्ट्याक्टको सहकार्यमा श्रम संसार वेव पोर्टल प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्य समिति सदस्य तथा महिला उद्यमी विकास समिति सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उहाँले देशमा रोजगारीका सीमित अवसरका […]

चौथो इक्वालिटि कप क्रिकेट : उद्घाटन खेलमा इलाम र सप्तरी भिड्ने

विराटनगर १७ चैत । विराटनगरमा भोलिदेखि चौथो इक्वालिटि कप क्रिकेट प्रतियोगिता शुरु हुँदै छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा चौथो संस्करणको ‘इक्युवालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकले आज खेल मैदानमा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै सोमबारदेखि खेल शुरु हुने जनाएको छ । विराटनगर महानगर […]

राहत र उद्धारका लागि कोशी प्रदेश सरकारद्धारा हेलिकप्टरको माग

विराटनगर १६ चैत । कोशी प्रदेशमा विपदको समयमा राहत र उद्धारका लागि सङ्घीय सरकारसँग एउटा हेलिकप्टर माग गर्ने निणर्य गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शुक्रबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले एउटा हेलिकप्टर यस क्षेत्रमा राख्ने गरि मागका लागि मुख्यमन्त्री मार्फत आग्रह गर्ने निर्णय भएको मन्त्रालयका उपसचिव कमल बहादुर थापाले […]