वीपी कोइरालाको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गयो

विराटनगर ६ साउन । वीपी कोइरालाको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गएका कारण पार्टी कमजोर हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसर पारेर नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको आदर्श, सिद्धान्त र विचारलाई आत्मसाथ गरेर अगाडि बढे कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे […]

विराटनगरको ग्रिनल्याण्ड कलेजमा ७५१ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण

विराटनगर ६ साउन । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ मा भर्ना भएका ७५१ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा कलेजका प्राचार्य दिनेश दाहालले विद्यार्थीको नयाँ शैक्षिक यात्रा शुरु भएको बताउनुभयो । उहाँले […]

भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा

विराटनगर ६ साउन । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा मंगलबार भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिव ध्रुवकुमार प्रधान, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ चयन हुनु भएको छ । समितिको सदस्यमा दीपेन्द्र थापा, शुभाषिस कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला […]

एनवाईईएफ विराटनगरद्वारा संघीय उद्योगमन्त्री भण्डारीकाे ध्यानाकर्षण

विराटनगर, ४ साउन । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा शनिबार काठमाडौं पुगेको टोलीले उद्यमीका समस्या र सुझावसहितको ज्ञापनपत्र मन्त्री भण्डारीलाई हस्तान्तरण गरेको  हो । ज्ञापनपत्रमा नेपालको आर्थिक विकासमा टेवा पुर्याउँदै रोजगारीका अवसर सृजना […]

कोशी प्रदेशमा मानव वेचविखन न्यूनिकरण अभियान

विराटनगर ४ साउन । कोशी प्रदेश सभा उपसभामुख सिर्जना दनुवारले प्रदेश सरकारले प्रदेशका १३७ पालिकाहरुमा मानव बेचविखन रोकथामका लागि कार्य गरिरहेको बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित मानव वेचविखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श गोष्ठीमा उहाँले सरकारले नीति तथा कार्यक्रम बजेट मार्फत प्रदेशका सवै क्षेत्रमा सामाजिक विकास मन्त्रालयमार्फत […]