विराटनगर १० कात्तिक । सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठको रौनकले छोएको छ । आज दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि […]
विराटनगर १० कात्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा […]
विराटनगर १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूर्य भगवानप्रति आस्था, आत्मानुशासन र समर्पणको पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले छठ पर्व नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक भएको उल्लेख गर्दै यो पर्वले सबैलाई एकतामा बाँध्ने प्रेरणा दिन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले […]
विराटनगर ९ कात्तिक । विराटनगर महानगरपालिका वडा नंं ८ मा छठ पूजाका लागि ६ स्थानमा छठ घाट निर्माण गरेको छ । महानगरपालिका कार्यालय र वडा कार्यालयको सहयोगमा छठ घाट तथा बाटो निर्माण गरिएको हो । छठ पूजा गर्ने बाडाबासीको सहजताका लागि वडा कार्यालयको सहयोगमा छठ घाट निर्माण गरिएको छ । वडा कार्यालय अन्तरगतका हाटखोला, सुकुम्बासी […]
विराटनगर ९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने घोषणा गर्नुभएको छ । आज सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गर्नुभएको हो । खेतान फाउन्डेसनले […]