विराटनगर १७ साउन । मोरङ लेटाङका धार्मिक गुरुहरुद्धारा धर्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न संयुक्त आग्रह गरेका छन् । हिन्दु धर्मका गुरु राजेन्द्र ढकाल, इस्लाम धर्मका मौलाना मो.अताउल्लाह, बौद्ध धर्मका लामा राजेन्द्र स्वाङ्वो, इसाई धर्मका पाष्टर आकाश थुलुङ, किराँत धर्मका गुरु धर्मराज लिम्वुले संयुक्त अपिल जारी गर्दै कप्तानगञ्ज घटनाबाट पाठ सिक्दै सबैले आ–आफ्नो ठाउँबाट […]
विराटनगर १७ साउन । सुनसरी देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै पुरानै लयमा फर्किन थालेको छ । केही दिनसम्म कफ्र्यु र सुरक्षा संवेदनशीलताका कारण सुनसान बनेका बजार तथा राजमार्गमा अहिले पुनः चहलपहल देखिन थालेको हो । इनरुवा बजार क्षेत्रका अधिकांश व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । […]
विराटनगर १५ साउन । विराटनगरका पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले नगद १५ हजार ५५० रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा मन्त्री लिङ्थेपले लोकतान्त्रिक समाजको सुदृढीकरण र […]
विराटनगर १५ साउन । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएसी) विराटनगरले सञ्चालन गर्दै आएको ब्रह्मज्ञानी विश्रामालयमा भजन–कीर्तन तथा ज्येष्ठ नागरिकलाई खीर खुवाउने कार्यक्रम गरेको छ । ८५ वर्षीय ज्येष्ठ नागरिक भरतराज शर्माको प्रमुख आतिथ्यमा विहिबार सम्पन्न कार्यक्रममा साउन महिनाको धार्मिक र सांस्कृतिक महत्वलाई आत्मसात गर्दै भजन–कीर्तन प्रस्तुत गरिएको थियो । भजन–कीर्तनले विश्रामालयको वातावरण भक्तिमय बनेको […]
विराटनगर १५ साउन । विराटनगरमा आज शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ । सुनसरीको देवानगंजबाट दुई समुदाय बिच सुरु भएको तनाव केही जिल्लामा फैलिरहेको बेला मोरङ जिल्लामा सामाजिक सद्भाव कायम राख्नका लागि शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो । शान्तिपूर्ण सद्भाव र्यालीमा सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । विराटनगरको महेन्द्र चौकबाट सुरु […]