घर निर्माण प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल हुने

विराटनगर ९ चैत । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनीमा थिमेटिक सेसन अन्तर्गत निर्माण क्षेत्रको विभिन्न आयामबारे छलफल तथा अन्तरक्रिया हुने भएको छ । चैत १२ गते देखि १६ गते सम्म विराटनगरमा हुने प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी तथा विज्ञहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रिया हुने भएको हो । विराटनगरस्थित जैन भवनमा ५ दिन […]

कोशी प्रदेशको विकास खर्च ८ अर्ब ५९ करोड

विराटनगर ७ चैत । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म ८ अर्ब ५९ करोड ३९ लाखभन्दा बढी खर्चिएको छ । प्रदेश सरकारले यो वर्ष चालुतर्फ १८ अर्ब ७० करोड, पुँजीगत १७ अर्ब १४ करोड र वित्तीय १० करोड गरी कुल ३५ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश लेखा नियन्त्रण […]

विराटनगरमा घर प्रदर्शनी हुने

विराटनगर ५ चैत । विराटनगरमा आगामी चैत १२ देखि १६ गते सम्म घर निर्माण प्रदर्शनी हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक घर निर्माण प्रर्दशनी हुने भएको हो । आयोजक उद्योग संगठन मोरङले आज पत्रकार सम्मेलन गरि व्यवसाय देखि व्यवसाय तथा व्यवसाय देखि उपभोक्ता नेटवर्किङलाई प्रर्वद्धन गर्ने उद्देश्यले घर निर्माण प्रर्दशनी […]

नक्कली ऋणी देखाएर सिटिजन्स बैंकको ४ करोड ९१ लाख घोटला

विराटनगर ३ चैत । सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँभन्दा बढी वित्तीय हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको छ । बैंकको आन्तरिक छानबिनका क्रममा नक्कली ऋणी खडा गरेर ठुलो परिमाणमा रकम दुरुपयोग भएको पाइएपछि बैंक प्रशासनले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो । विराटनगर–३, […]

गाडी भाडा तत्काल बढाउन यातायात व्यवसायीको माग

विराटनगर २ चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेको थियो । महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति निकाल्दै एकाएक भारी मूल्यवृद्धिले यातायात व्यवसायी […]