विराटनगर ४ मंसिर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बालबालिकाका लागि पर्याप्त लगानी पुग्न नसकेको स्वीकार गर्नु भएको छ । बालबालिकाको क्षेत्रका लागि जति लगानी आवस्यक छ, त्यो हुन नसकेको उहाँको भनाई छ । सिविन नेपाल विराटनगरको व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा ३६ औं अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज विराटनगरमा आयोजित […]
विराटनगर ४ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ४३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । महाधिवेशनका लागि आयोजक बाहेक भूगोलबाट सो संख्यामा प्रतिनिधि छनौट गरिने भएको हो । राष्ट्रिय महाधिवेशनका लागि देशभर एकै दिन मंसिर १३ गते प्रतिनिधि छनौट गरिदैछ । संघीय ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट ४३ […]
विराटनगर ३ मंसिर । नेकपा एमाले कोशी प्रदेशले विभिन्न जिम्मेवारीमा रहेका ५ नेताहरुलाई कारवाही गरेको छ । कोशी प्रदेश कमिटीको विराटनगर सम्पन्न नवौं पूर्ण बैठकले प्रदेश कमिटी सदस्य द्वारीकलाल चौधरी (सुनसरी)ले पार्टी नीति र नेतृत्व प्रति अनास्था फैलाउने अराजक खालका गतिबिधि सामाजिक सञ्जाल र विभिन्न मिडियामा प्रचारबाजी गर्ने गरेको र यसो नगर्न सम्झाउदा समेत नटेर्ने […]
विराटनगर ३ मंसिर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो । […]
विराटनगर १ मंसिर । नेकपा (एकीकृत समाजवादी)को विराटनगर महानगर कमिटी नेकपा (एमाले)मा समाहित भएको छ । पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’अन्तर्गत विराटनगरमा सोमबार बसेको एमाले कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकमार्फत एकीकृत समाजवादीको सिंगो महानगर कमिटी एमालेमा समाहित भएको हो । पार्टीका महानगर अध्यक्ष वीरेन्द्र यादवसहितको पार्टी कमिटी एमालेमा फर्किएको जनाइएको छ । साथै, एकीकृत […]