विराटनगर, २० भदौ । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आज आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो । राज्यका निकायहरु गम्भीर नहुँदा नेपालमा प्रत्येक वर्ष बाढी, पहिरोे, डुबान, आगलागी र भुकम्पजस्ता जलवायुजन्य संकटको जोखिम उच्च […]
विराटनगर, १९ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले मोरङका ६ वटा प्रतिनिधिसभाको क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीहरुले आज ६ वटै क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको जनाएका छन् । क्षेत्र नम्वर १ बाट स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाम्फे सहित ५ जनाको नाम सिफारिस भएको छ […]
विराटनगर, १९ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मोरङका १२ वटा प्रदेश सभाको प्रत्यक्ष तर्फ ९५ उम्मेदवारको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ १३९ जनाको नाम सिफारिस भएको छ ।१२ वटै प्रदेशसभाको प्रत्यक्षतर्फ एक भन्दा बढीको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ (क) बाट मोरङ सचिव रुपेश खतिवडा […]
विराटनगर, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग ‘पोलिटिकल’ कुरा भएको बताउनु भएको छ । उहाँले हामीवीच ‘पोलिटिकल’ बाहेक अरु कुरा नभएको बताउनुभयो । एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुको प्रदेश १ स्तरिय प्रशिक्षणमा विराटनगर आउनु भएका अध्यक्ष ओलीले पत्रकारसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताउनु भएको हो । […]
विराटनगर, १७ भदौ । प्रदेश १ सभाको पहिलो कार्यकालको आज अन्तिम वैठक बसेको छ । नामकरण विनै प्रदेशसभाको कार्यकाल सकिएपछि दलका नेताहरुले दलको हैसियत अनुसार जिम्मेवारी लिनुपर्ने बताएका छन् । नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश संरचनाले काम गर्न नसकेको आम रुपमा आलोचना भईरहेको बताउनुभयो । उहाँले केन्द्रले अधिकार तल दिन कन्जुस्याँई गरेको […]