विराटनगर २२ फागुन । आज फागु पूर्णीमा । पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक फागू पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले […]
विराटनगर २१ फागुन । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् । सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् । सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हटाउने अभियान सञ्चालन गरिरहेको छ । साथै सार्वजनिक जग्गा […]
विराटनगर १९ फागुन । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गर्नुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गर्नुभएको हो । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थमन्त्रालयका सचिव गत […]
विराटनगर १९ फागुन । आगामी वैशाखमा चितवनमा हुने उपनिर्वाचनलाई लक्षित गरेर मोरङमा पनि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । फागुन २२ गतेदेखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक, दावी विरोध सहितको कार्यक्रम सञ्चालन गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयले आज मोरङका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग मतदाता नामावली अद्यावधिकका […]
विराटनगर, १८ फागुन । नेकपा एमालेले देशब्यापी रुपमा थालेको मिसन ग्रासरुट अभियानले प्रदेश १ मा तिब्रता लिँदै गएको छ । पार्टीका केन्द्रीय नेताहरु सहित प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु यतिबेला विभिन्न योजना लिएर जनताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरेर यतिबेला पालिका र वडास्तरका विस्तारित बैठक सम्पन्न हुने क्रममा […]