विराटनगरमा भोलीदेखि एमाले निकट खेलकुद महासंघको महाधिवेशन

विराटनगर ६ फागुन । नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको तयारी पूरा भएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिबेशन हुन लागेको आयोजक समितिले जनाएको छ । नेपाल खेलकुद महासंघले आज विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियोगिताको बारेमा जानकारी दिँदै भोली हुने खुल्ला दौड प्रतियोगितामा […]

सामाजिक सेवा ऐन ल्याउन भूमिका खेल्छु : उपसभामुख दनुवार

विराटनगर ४ फागुन । प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले सामाजिक सेवा ऐन ल्याउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भएको छ । प्रदेश १ मा सामाजिक सेवा ऐन नआएकाले आफ्नो कार्यकालमा सो ऐन ल्याउनका लागि प्रभावकारी भूमिका खेल्ने उहाँले बताउनुभयो । गैरसरकारी संस्था महासंघ (गैसस) मोरङले विराटनगरमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि […]

विराटनगरमा बन्यो आर्ट अफ लिभिङको भवन

विराटनगर ४ फागुन । द आर्ट अफ लिभिङ विराटनगरले नेपालमै पहिलो पटक आफ्नै भवन निर्माण गरेको छ । विराटनगर ५ को कोशी बहिरा मावि नजिक डेढ कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरेको हो । १ करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको भवनको आगामी शनिबार महाशिवरात्रीको अवसरमा पारेर उद्घाटन गरिदैछ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, […]

विकासमा दक्षिणीलाई प्राथमिकता दिँदै महानगर

विराटनगर ३ फागुन । विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको छ । तुलनात्मक रुपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेकाले महानगरले उच्च प्राथमिकतामा राखेर विकासका योजनाहरू सञ्चालन गरिरहेको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । यसै सन्दर्भमा विराटनगर–१४ मा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने रानीपोखरी ग्रिनपार्कको एक समारोहका बीच बुधबार […]

महानगरद्वारा ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन

विराटनगर ३ फागुन । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक […]